देउवासँग पर्यटनमन्त्रीले मागे भ्रमण वर्षबारे सुझाव

डिसी नेपाल
१४ भदौ २०७६ १७:४५

काठमाडौं। आगामी वर्ष नेपालले भ्रमण वर्षका रुपमा मनाउँदै छ। त्यसका लागि सरकारले तयारीहरु तिब्रताका साथ गरिरहेको छ। यहीबीचमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर भ्रमण वर्षबारे सुझाव मागेका छन्।

मन्त्री भट्टराईले भ्रमण वर्षबारे सभापति देउवाले महत्वपूर्ण सल्लाह र सुझाव दिएको बताएका छन्।

शनिबार बिहानै बुढानिलकण्ठस्थित देउवा निवास पुगेर मन्त्री भट्टराईले उनलाई भेटेको बताएका छन्। भेटपछि मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता माननीय शेरबहादुर देउवासँग आज बिहान उहाँको निवास बुढानिलकण्ठमा भेटघाट गरी मैले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु । मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ । त्यसका लागी म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *