आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ७ घण्टा बन्द हुने

डिसी नेपाल
१५ भदौ २०७६ ९:५५

काठमाडौँ । आज (आइतबार) रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको छ।

देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्नुपर्ने भएकाले अब प्रत्येक दिन राति ११ बजेदेखि बिहान साढे ६ बजेसम्म दैनिक ७ घण्टा विमानस्थल बन्द हुने विमानस्थल स्रोतले जनाएको छ।

धावनमार्गको मध्य रेखामा बत्ती राख्ने तथा ट्याक्सी-वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ढल मर्मत गर्ने काम आगामी पुस १५ गतेसम्म चल्ने छ।

अहिले विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक ४ सय उडान तथा अवतरण हुँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *