सिभिल बैंक र द हबि अटो ट्रेडिङ्गबीच सम्झौता – Dcnepal

सिभिल बैंक र द हबि अटो ट्रेडिङ्गबीच सम्झौता

तस्बिर : सिभिल बैँक


काठमाडौँ । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्गबीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङ्गका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङ्गबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङ्गको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशतसम्म कर्जा सुबिधा प्रदान गर्ने छ।

हालसम्म सिभिल बैंकले ९६ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो