यौनका विषयमा यसरी बदलिँदैछ मानिसको सोच, भविष्य के होला ?

डिसी नेपाल
१७ भदौ २०७६ १३:२३

ब्रेन्डन एम्ब्रोसिनो, बीबीसी। हाम्रो समाजमा यौन यस्तो विषय हो जसमा रुचि त बैको छ तर कुरा गर्न मानिस हिच्किचाउँछन् । पुरुषहरु त कुनै न कुनै तरिकाले यस विषयमा आफ्नो धारणा राख्छन् तर महिलाहरुले खुलेर यस विषयमा कुरा गर्न चाहे भने उनीहरुलाई गलत नजरले हेरिन्छ । यौनका विषयमा महिलाहरु लज्जाबोध र सामाजिक बन्देजका कारण धेरैजसो मौन रहन्छन् ।

हुन त हाम्रो प्राचीन समाज शारीरिक सम्बन्धका विषयमा खुला विचारको थियो । जसको उदाहरण हामीले विभिन्न मन्दिरमा कुँदिएका यौनजन्य कलाकृति र वात्स्यायनको विश्वप्रसिद्ध ग्रन्थ ‘कामसूत्र’सम्ममा देख्न सक्छौं । तर, समाज अगाडि बढ्दै जाँदा हाम्रो समाज शारीरिक सम्बनधप्रति संकुचित हुँदै गयो । महिला पुरुषको यौन सम्बन्धसँग सम्बन्धित कुराहरुमा पर्देदारी र पहरेदारी भयो । अहिले भने यौन सम्बन्धलाई लिएर फेरि एउटा ठूलो परिवर्तन आइरहेछ । यस्तो परिवर्तन जो क्रान्तिकारी छ ।

प्राकृतिक रुपमा यौनको अर्थ सन्तान उत्पादन गर्ने र परिवार बढाउनेसम्म मात्र सीमित थियो । तर विज्ञानका कारण अब यौनबिना पनि सन्तान उत्पादन गर्न सकिन्छ । आइभिएफ र टेस्टट्युब बेबीको माध्यमबाट यो सम्भव छ । संसारको पहिलो टेस्ट ट्युब बेबी १९७८ मा जन्मिएको थियो । त्यसपछि अहिलेसम्म संसारमा यो प्रविधिबाट ८० लाख बच्चा आइसकेका छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार भविष्यमा यो तरिकाले जन्मिने बच्चाहरुको संख्यामा ठूलो वृद्धि हुनेछ । लेखक हेनरी टी ग्रीली आउने समयमा २० देखि ४० वर्ष उमेरका स्वस्थ जोडी ल्याबमा गर्भधारण गर्न मन पराउनेछन् । उनीहरु यौन सन्तान उत्पादनको लागि नभइ शारीरिक सुख र खुसीको लागि गर्नेछन् ।

यदि बच्चा यौनबिना जन्मिन सक्छन् भने यौनको के आवश्यकता ? यौनको काम महिला पुरुषको शारीरिक आवश्यकता पूरा गर्नु र उनीहरुको सम्बन्ध बलियो बनाउनु हो । तर यहाँ धर्म पनि निकै ठूलो बाधा बनेको छ ।

हरेक धर्ममा यौन सम्बन्धका विषयमा धेरै बन्देज र नियम कानुन छन् । इसाइ धर्ममा भनिएको छ कि महिला पुरुषले यौन केवल सन्तान उत्पादनको लागि गर्नुपर्छ । यदि शारीरिक सुखको लागि सम्भोग गरियो भने त्यो अनैतिक हो । यद्यपि इसाइ धर्मको पनि पुरानो किताबको सोलोमोन सङगमा जोशका साथ सम्भोग गर्नु राम्रो भएको उल्लेख छ । साथै सम्भोगलाई पति पत्नीको बीचको मात्र होइन दुई प्रेम गर्नेहरुको बीचको निजी कुरा बताइएको छ ।

ग्रीसका महान दार्शनिक अरस्तु यस विषयमा प्रकाश पार्दै भन्छन् कि प्रेम कामुक इच्छाहरुको अन्त्य हो । अर्थात यदि २ जनाबीच प्रेम छ भने त्यसको मुकाम शारीरिक सम्बन्ध बनाएपछि पूरा हुन्छ । उनका अनुसार सम्भोग कुनै मामुली काम होइन बरु यो त कसैलाई माया गर्ने र कसैको माया पाउनको लागि एक जरुरी र सम्मानजनक काम हो । अमेरिकी समाजशास्त्री डेभिड हालपेरिनका अनुसार सम्भोग केवल सम्भोगका लागि हुन्छ । त्यसमा आवश्यकता पूरा गर्ने वा कुनैसम्बन्ध बलियो बनाउने जस्तो कुनै चीज हुँदैन ।

हुन सक्छ जब मानिसले सम्भोग सुरु गरे त्यो बेला यो शारीरिक आवश्यकता पूरा गर्ने माध्यम मात्र थियो । जब परिवार बन्न थाले त्यसपछि सम्बन्ध बलियो बनाउने माध्यम पनि सम्झिन थालिएको हुन सक्छ । तर आज समाज पूरै बदलिएको छ । आज त सम्भोग पैसा दिएर गरिन्छ । धेरै मानिसहरु पेशागत जीवनमा अगाडि बढ्न यौनलाई हतियार बनाउँछन् ।

यस्तो स्थितिमा निश्चय पनि कुनै एकको त शारीरिक आवश्यकता पूरा हुन्छ तर सम्बन्ध बलियो हुने वा भावनात्मक रुपमा एक अर्कासँग जोडिने कुरा हुँदैन । यस्तोमा सम्भोगको मतलब के ? यसको मतलब यही हो कि सम्भोग केवल सम्भोगको लागि गरियोस् । यसमा गहन कुरा नखोजियोस् ।

बदलिँदो समयसँगै आन न केवल मानवीय सम्बन्ध बदलिएका छन्, यौन सम्बनधलाई लिएर मानिसको व्यवहार र सम्बन्धप्रतिको सोच पनि बदलिएको छ । २०१५ मा अमेरिकाको सान डियागो विश्वविद्यालयकी प्राध्यापक जीव एम ट्वींगले एक अनुसन्धानमा भनेका छन् कि १९७० देखि २०१० सम्म अमेरिकामा धेरै हदसम्म मानिसहरुले विवाहपूर्व शारीरिक सम्बन्ध स्वीकार गर्न थालेका थिए ।

नयाँ पिढीको मान्यता छ कि यौनिकता समाजका बन्धनमा बाँधिनु हुँदैन । अनुसन्धानकर्ता ट्वींगका अनुसार यौनिक नैतिकता समयमा निर्भर छैन । त्यसमा परिवर्तन भइरहेका छन् र भविष्यमा पनि परिवर्तन जारी रहनेछ । अब त यो परिवर्तन यति छिटो भइरहेको छ कि शायद हामी यो परिवर्तन स्वीकार गर्न तयार पनि छेनौं ।

शारीरिक म्बन्ध केवल महिला पुरुषमा मात्र हुँदैन । लेस्बियन र गे सम्बनधलाई पनि कैयौं देशले मान्यता दिन थालिसकेका छन् । यो कुनै मानसिक वा शारीरिक विकृति पनि होइन । धार्मिक र सामाजिक रुपमा भने यी दुवैलाई अनैतिक व्यवहार मानिन्छ ।

धर्मले त भन्छ कि समान लिंग भएका जनावर समेत आपसमा सम्बन्ध बनाउँदैनन् । किनकि उनीहरुलाई थाहा छ यो अनैतिक हो । तर विज्ञान भन्छ जापानी मकाक, फलमा लाग्ने झिँगा, फ्लोर फ्लाइज, अल्ब्राटर पक्षी र बोटल नोज डल्फिन समेत यता करिब ५०० प्रजाति छन् जो समान लिंगमा यौन सम्बनध राख्छन् । तर हामी यिनीहरुलाई लेस्बियन, गे वा हेट्रोसेक्सुअल जस्ता नाम दिँदैनौं ।

आखिर यो सबको बीचमा रेखा खस्ले खिच्यो ? शायद उनीहरुले जसले सम्भोगलाई केवल सन्तान जन्माउने आवश्यकता सम्झे । यदि ‘सम्भोग किन ?’ शब्दावलीबाट प्रश्नवाचन चिन्ह हटाइयो भने मानिसहरु यसको राम्रो मतलब बुझ्न सक्छन् । सम्भोगको इच्छा प्राकृतिक प्रक्रिया हो ।

जसरी यौन सम्बन्धप्रति मानिसहरु सोच बदलिइरहेको छ, त्यसरी नै मानिसहरुले लेस्बियन र गे सम्बन्धलाई स्वीकार गर्न थालेका छन् । हालै १४१ देशमा गरिएको अनुसन्धानले बताउँछ कि १९८१ देखि २०१४ सम्म एलजीबीटी समुदायलाई स्वीकार गर्ने दरमा करिब ५७ प्रतिशत वृद्धि भएको छ । यसमा मिडिया, मेडिकल सपोर्ट र मनोवैज्ञानिक संस्थाहरुको सकारात्मक साथले निकै शहम भूमिका निभाएका छन् ।

यसका अलावा आज पोर्न हेर्ने चलन जति बढिसकेको छ त्यसले प्रस्ट हुन्छ कि मानिसहरुमा सम्भोगको भोक कति छ । पोर्न हेरेर सबथोक पाइयोस् वा नपाइयोस्, यौनको इच्छा धेरै हदसम्म शान्त हुन्छ । जानकारहरुले त यतिसम्म भन्छन् कि भविष्यमा सम्भोग अझै धेरै डिजिटल र सिन्थेटिक हुनेछ । यतिमात्र होइन भविष्यमा सम्भोगका अरु पनि नयाँ नयाँ तरिका आउन सक्छन् ।

अहिलेसम्म आइभीएफ र टेस्टट्युबलाई तिनै मानिसहरुले अपनाइरहेका छन् जो प्राकृतिक तरिकाले सन्तान उत्पादन गर्न असफल भएका छन् । हुन सक्छ भविष्यमा सबै मानिसहरु यो तरिका अपनाउन सुरु गर्न सक्छन् । बच्चा जन्माउन पुरुष र महिला अण्डको मिलन जरुरी छ । तर लेस्बियन र गेको सन्दर्भमा यो सम्भव छैन । यही कारण यस्ता मानिसहरु सन्तान उत्पादनको लागि यो तरिका अपनाइरहेका छन् । बलिउडमा यसका कैयौं उदाहरण छन् ।

प्रतिबद्धता र विवाहजस्ता सम्बन्धका विषयमा पनि धेरै नयाँ आइडिया आउन सक्छन् । रोगमा नियन्त्रणपछि मानिसको आयु पनि बढेको छ । १९६० देखि २०१७ सम्म मानिसको औसत आयु करिब २० वर्ष बढेको छ । एक अनुमान अनुसार २०१० सम्म यो औसत आयु अझै ४ वर्ष बढ्नेछ ।

अमेरिकी जीव वैज्ञानिक स्टिवेन ओस्टाडका अनुसार भविष्यमा मानिस १५० वर्षसम्म बाँच्ने पनि हुन सक्छ । यति लामो आयुमा केवल एक यौन पार्टनरसँग मात्र गुजारा गर्न कठिन हुनेछ । त्यसपछि उसले समय समयमा यौन साथी फेरिरहनेछ । यसको सुरुवात भइसकेको छ । ठूला शहरमा यसका उदाहरण निकै देख्न पाइन्छ । सम्बन्धविच्छेदका घटना बढिरहेका छन् ।

२०१३ मा गरिएको एक सर्वेक्षणअनुसार अमेरिकामा हरेक १० मध्ये ४ जोडीको दोस्रो वा तेस्रो विवाह हुन्छ । भविष्यमा प्रतिबद्धता र विवाहित जीवनबारे कैयौं नयाँ आइडिया आउन सक्छन् । प्रकृतिले आफूअनुसार मानिसलाई बदलिरह्यो र बदलिरहनेछ । अब परिवर्तन हामीले आफ्नो सोचमा गर्नुपर्छ । यौन र यौनिक रोजाइका विषयमा हामीले आफ्नो विचार बदल्नु जरुरी छ । त्यो दिन टाढा छैन जब सारा संसार सम्भोगलाई खुसी र मनोरञ्जनको माध्यम अर्थात केवल सम्भोग मान्नेछ । बच्चा जन्माउने माध्यम होइन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *