संचालनमा आयो चार्जिङ स्टेसन, भदौ २३ गतेदेखि रिङरोडमा विद्युतीय बस गुड्ने

डिसी नेपाल
१७ भदौ २०७६ १५:२६

काठमाडौं। सुन्दर यातायात प्रालिले आजदेखि चार्जिङ स्टेसन संचालनमा ल्याएको छ।

चावहिलस्थित भत्किएको पुल नजिकै राखिएको उक्त ग्यारेज तथा चार्जिङ स्टेसनको ऊर्जा तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले उद्घाटन गरेका हुन्।

३० किलो वाडको क्षमता भएको उक्त चार्जिङ मेसिनले एक पटकमा एउटा बसमा चार्ज गर्न मिल्ने प्रालिका अध्यक्ष भेष थापाले जानकारी दिए।

प्रालिले अब छिट्टै ६०, १२० र ४०० किलो वाट क्षमता भएको सुपर चार्जिङ मेसिन पनि ल्याउने तयारीमा रहेको थापाले बताएका छन्। पछि आउने चार्जिङ मेसिनबाट भने एकैपटक ४ वटा गाडी सम्ममा चार्ज गर्न मिल्नेछ।

अध्यक्ष थापाका अनुसार शून्य प्रतिशतमा रहेको एउटा गाडी पूरा चार्ज गर्न कम्तिमा ४ घण्टा लाग्ने छ। यस्तै गाडीमा केही प्रतिशत चार्ज भए त्यही अनुसार हेरेर चार्ज गर्न समय लाग्ने छ। चार्ज गर्दा लाग्ने शुल्क भने तोकिएको छैन पछि विद्युत प्राधिकरणसँग समन्वयन गरेर तोकिने थापाले बताए।

उनले आज उद्घाटन भएको चार्जिङ मेसिनबाट प्रालिले संचालनमा ल्याउन लागेको बसमा मात्र चार्ज गर्ने व्यवस्था रहेको बताए।

भदौं २३ देखि रिङरोडमा विद्युतीय बस
यस्तै प्रालिले आउदो भदौं २३ गतेदेखि रिङरोडमा ४ वटा विद्युतीय बस संचालनमा ल्याउने भएको छ। यसअघि ७ वटा बस संचालनमा ल्याउने भनिएपनि हाललाई ४ वटा मात्रै बस गुडाउने थापाले जानकारी दिएका हुन्।

जसमध्ये दुईदुई वटा गरी रिङरोडको विपरीत दिशामा बस चल्नेछ। सो दिन विद्युतीय बस राजधानीको भृकुटीमण्डपमा कार्यबहाक प्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोखेरेलले उद्घाटन गरेर संचालनमा ल्याइने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *