शिक्षिकाले आफ्नै विद्यार्थीसँग रात बिताउन होटल बुक गरेकी थिइन् तर…

डिसी नेपाल
१७ भदौ २०७६ १६:०५

काठमाडौं। एक शिक्षिकालाई आफ्नै विद्यार्थीसँग रात बिताउने प्रयास गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाइएको छ । घटना इङल्याण्डको लिभरपुल शहरको हो । लिभरपुलको क्राउन कोर्टकी न्यायाधीश गेरी उडहलले ४२ वर्षकी शिक्षिका बिटी मिलिगनका बारेमा भनिन् ‘म यो कुराको लागि पूर्ण रुपमा सन्तुष्ट छु कि तपाइँ आफ्ना छात्रसँग यौन म्बन्ध बनाउन चाहनुहुन्थ्यो ।’

बिटी नामकी ती शिक्षिका स्कुलमा अध्यापन गर्न थालेको केही दिनमै १५ वर्षका छात्रप्रति आकर्षित हुन थालिन् । उनले नियम उल्लंघन गरेर छात्रको मोवाइल नम्बर लिइन् । त्यसपछि उनले ती छात्रलाई आपत्तिजनक म्यासेज पठाउँथिन् । उनले छात्रसँग रात बिताउने उद्देश्यले होटल बुक गरेकी थिइन् तर यो जानकारी लिक भयो । त्यसपछि पुलिस बोलाइयो ।

महिला विवाहित हुन् र २ सन्तानकी आमा हुन् । यद्यपि घटना बाहिरिएपछि उनका पतिले उनीसँग सम्बन्धविच्छेद गरेका छन् । स्कुलका अन्य २ स्टाफसँग पनि महिलाको सम्बन्ध भएको खुलेको छ । शिक्षिका हुनुभन्दा पहिले उनी ब्युटी मसाजर थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *