आजपनि आकासियो सुनको भाउ, चाँदीमा उच्च रेकर्ड

डिसी नेपाल
१८ भदौ २०७६ ११:१२

काठमाडौँ । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको हो। आज चाँदीको भाउ पनि ह्वात्तै बढेको छ ।

आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला  ७२ हजार ५ सय तथा तेजावी सुन ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज (बुधबार) चाँदीको भाउले उच्च रेकर्ड राखेको छ । आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ४५ रुपैयाँ बढेको हो। चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन-चाँदीको भाउ केही बढी पर्न सक्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *