जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग

डिसी नेपाल
२१ भदौ २०७६ १३:०३

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गरेका छन् । विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आउनुभएका उनले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान गरको हुन्।

सहयोग रकम समीर राईका अविभावकसम्म पुग्ने गरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका अध्यक्ष चित्रगुप्ता साँवा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए।

मन्त्री भट्टराईले आगामी दिनमा समेत समिरको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरको छन् । समिरका आमाबुबा दृष्टिविहीन छन् । समिर आफैँले समेत राम्रोसँग आँखा देख्दैनन्।  कक्षा नर्सरीमा अध्ययनरत समिरलाई सदरमुकाम फुङलिङस्थित नवज्योति बोर्डिङ स्कूलले निःशुल्क रुपमा पढाउँदै आएको बताइएको छ।

मन्त्री भट्टराईले गत वर्ष जन्म दिनका अवसरमा पाथीभरा याङवरक गाउँपालिकाका दुई दलित विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेका थिए। मन्त्री भट्टराईको विसं २०२३ भदौ २१ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा जन्म भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *