तालिबानसँगको शान्ति सम्झौता रद्द गर्ने ट्रम्पको घोषणा

डिसी नेपाल
२२ भदौ २०७६ ७:२५

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गरिएको शान्ति सम्झौताबाट पछि हट्ने घोषणा गरेका छन्। ट्रम्पले एकपछि अर्को ट्वीट गर्दै भनेका छन्–म आइतबार क्याम्प डेविडमा तालिबानका नेता र अफगान राष्ट्रपतिसँग एउटा गोप्य वार्तामा सहभागी हुनु थियो। तर अब यसलाई रद्द गरिएको छ।’

उनले काबुलमा भएको कार बम विस्फोटपछि यो कदम चालिएको जनाएका छन्। उक्त विस्फोटमा एक जना अमेरिकी सैनिकसहित १२ जनाको ज्यान गएको थियो। उक्त विस्फोटको जिम्मा तालिबानले लिएवको थियो।

अफगानिस्तानका लागि अमेरिकी विशेष राजदूत जल्मे खलीलजादले गत सोमबार तालिबानसँग ‘सैद्धान्तिक रुपमा’ शान्ति सम्झौता भएको घोषणा गरेका थिए। उक्त सम्झौता अनुसार अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना पाँच हजार ४ सय सैनिक फिर्ता लैजाने भय भएको थियो।

यद्यपी अमेरिकी राजदूतले सम्झौतालाई अन्तिममा राष्ट्रपति ट्रम्पले अनुमोदन गर्ने बताएका थिए। बिहीबार काबुलमा भएको कार बम विस्फोटपछि तालिबानसँग सहमति भएपनि अफगानिस्तानमा हिंसा कम नभएको भन्दै चिन्ता व्यक्त गरिएको थियो।

२००१ मा अमेरिकी सैन्य अभियानपछि अहिले पहिलो पटक अफगास्तिानमा एक ठूला भागलाई चरमपन्थीले आफ्नो नियन्त्रणमा लिएका छन्। तालिबानले अहिलेसम्म अफगानिस्तान सरकारसँग वार्ता गर्न चाहेको छैन। अफगानिस्तानको सरकारलाई तालिबानले कटपुतलीको संज्ञा दिँदै आएको छ।

अमेरिका र तालिबानबीच कतारमा अहिलेसम्म नौ पटक शान्ति वार्ता भइसकेको छ। प्रस्तावित सम्झौतामा अमेरिकी सैनिकको विदाइको बदलमा तालिबानले अमेरिका र उसका सहयोगी राष्ट्रमाथि आक्रमण नगर्ने सुनिश्चित गरेको थियो।

यद्यपी अफगानिस्तानका कयौंले के आशंका गर्दै आएका थिए भने फेरि तालिबान शासन कालमा लागेको प्रतिबन्ध फेरि आउने हो की भन्दै चिन्ता जनाएका थिए।

तालिबानले १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो। अफगानिस्तानमा २००१ मा अमेरिकाको अगुवाइमा सुरु भएको सैन्य अभियानपछि अन्तर्राष्ट्रिय गठबन्धनका करिव ३ हजार ५ सय सदस्यको ज्यान गइसकेको छ। जसमा २३०० अमेरिकी छन्।

२०१९ मा संयुक्त राष्ट्रसंघले आफ्नो एक रिपोर्टमा अफगानिस्तानको युद्धमा हालसम्म ३२ हजारको मृत्यु भइसकेको उल्लेख गरेको छ। उता  ब्राउन युनिभर्सिटीका वाटसन इन्टिच्युटले भने ५८ हजार सुरक्षाकर्मी र ४२ हजार विद्रोहीको मृत्यु भएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *