यौनधन्दालाई वैधानिक बनाउन माग गर्ने यी वकिल आफैं पार्टटाइम यौनकर्मी

डिसी नेपाल
२३ भदौ २०७६ १४:१५

एजेन्सी। एक क्रिमिनल डिफेन्स वकिलले एक टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा आफैंले पनि पार्टटाइम यौनधन्दा गर्ने खुलासा गरेकी छिन् । अमेरिकाको राज्य आयोवाकी क्याथरिन सिअर्सलाई आशा छ कि उनको कहानी सार्वजनिक भएपछि यौन कर्मलाई अपराधको श्रेणीबाट बाहिर निकाल्न सहयोग पुग्नेछ ।

क्याथरिन एक बच्चाकी आमा हुन् । उनले केसीसीआइ टिभी च्यानलसँग कुरा गर्दै नेवादाको एक वेश्यालयमा उनले मात्रै ३ हप्तामा ६० लाख रुपैयाँ कमाएकी थिइन् । उनले करिब ३ वर्ष पहिले पार्टटाइम यौनधन्दा सुरु गरेकी थिइन् । अमेरिकाका नेवाडामा, जहाँ क्याथरिन काम गर्छिन्, यौनधन्दालाई कानुनी मान्यता दिइएको छ ।

क्याथरिनका अनुसार उनका पतिलाई यो कामबाट कुनै समस्या छैन । उनले ४ महिना पहिले मात्र एक बच्चा जन्माएकी छिन् । बच्चा जन्मिएपछि उनले केही समयको लागि यौनधन्दा छाडेकी छिन् । क्याथरिनका अनुसार जति हामी यौनधन्दाको बारेमा कुरा गर्छौं, उत्ति नै यलाई अपराधको श्रेणीबाट निकाल्न सहयोग प्राप्त हुन्छ । पत्नीको यौनधन्दाको विषयमा पति जोनले पनि यसबारे आफूले धेरै मतलब नगर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *