जान्हवीले रोजेको केटाप्रति श्रीदेवीको भरोसा थिएन, छोरीले गरिन् खुलासा
मुम्बई। श्रीदेवीकी छोरी जान्हवी कपुरको कुरा गर्दा उनी आज पनि उनी आफ्नी आमाले देखाएको बाटोमा हिँड्ने काशिश गरिरहेकी छन्। केही दिन अगाडि उनले पहिलो पटक ब्राइडल अवतारमा फोटोशुट गराएकी छन्।
उनको यी फोटा फ्यानले निकै मन पराएका छन्। तस्वीरमा जान्हवीको पिंक–ग्रीन अन्दाज फ्यानले निकै मन पराएका छन्। फोटोमा जान्हवीले कहिले लेहेंगा त कहिले पिंक क्राप टप र पिंक स्कर्ट लगाएकी छन्।
तर पहिल्लो समय जान्हवी एउटा अन्तर्वातालाई लिएर निकै चर्चित बनेकी छन्। जान्हवीको यो अन्तर्वाता उनकी आमा श्रीदेवी र जान्हवीको विवाहसँग जोडिएको छ। अन्तर्वातामा उनले यस्तो कुरा उल्लेख गरेकी छन्। जसलाई लिएर यतिबेला निकै चर्चा हुने गरेको छ।
जान्हवीले एक म्यागेजीनका लागि पहिलो पटक बेहुलीको अवतारमा फोटोशुट गराएकी थिइन्। जुन तस्वीर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएका छन्। उनले बेहुली अवतारमा फोटोशुट गराएपछि दिएको अन्तर्वातामा आफ्नो विवाह र आमा श्रीदेवीको विषयमा पनि कुरा गरेकी छन्।

उनले आफूले रोजेको केटा साथीलाई श्रीदेवीले कहिल्यै विश्वास नगरेको बताएकी छन्। ‘मैले रोज्ने केटाप्रति आमालाई विश्वास थिएन। उहाँ मेरा लागि आफैं केटा खोज्न चाहनुहुन्थ्यो। त्यो किन भने म सजिलै कसैको प्रेममा पर्थेँ।’
उनले आफ्नो जीवनसाथी समझदार र आफ्नो कामलाई सम्मान गर्ने प्रकारको हुनुपर्ने बताइन्। उनले आफ्नो जीवनसाथीबाट केही न केही कुरा सिक्न पाइने खालको हुनुपर्ने पनि बताइन्।
उनले आफ्नो विवाहको विषयमा कुरा गर्दै भनेकी छन्–मलाइ त्यस्तो विवाह मनपर्छ जो यथार्थ होस् र निकै निजी पनि होस्। जसमा बाहिरीपनको मिसावट नहोस्। मेरो विवाह निकै पारम्परिक ढंगले तिरुपतिमा हुन्छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment