अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवक मृत अवस्थामा फेला

डिसी नेपाल
२८ भदौ २०७६ ७:३०

बाल्टिमोर, अमेरिका । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको शव फेला परेको छ । काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल नेपाली नागरिककै घरमा कोठा भाडामा लिएर बाल्टिमोरमा बस्दै आएका थिए।

बुधबार बिहानै कपिलका घरभेटी नविन अफिस निस्कँदै गर्दा सामान्य अवस्थामा सुतिरहेका कपिल आफुँ अफिसबाट फर्किँदा पनि उही अवस्थामा देखेपछि उठाउँदा नबोलेपछि तुरुन्त प्रहरीलाई सम्पर्क गरी बोलाउँदा प्रहरीले कपिललाई मृत घोषणा गरेको नविनले बताएका छन्।

दुई दाईहरुका कान्छा भाई कपिलका जेठा दाजु जागिरको शिलशिलामा श्रीलंकामा रहेका छन्। अमेरिकाको नागरिकता लिएका कपिल गतवर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । पछिल्लो समय उनकी श्रीमती अमेरिका आउनका लागि तयारी अवस्थामा थिईन्।

भाईको मृत्युको खबर सुनेर बोस्टनबाट बाल्टिमोर आईपुगेका कपिलका दाजु (ठुलो बुबाको छोरा) शूशील पौडेलले कपिलको हृदयघातबाट ज्यान गएको हुनसक्ने बताएका छन्।

यसैबीच कपिल पौडेलको अन्तिम दाहसंस्कारका लागि अवैतानिक महावाणिज्य दूत प्रेमराजा महतले व्यवस्थाको संयोजन गर्ने भएका छन् । समाजका विभिन्न गतिविधिहरुमा संलग्न हुँदै आईरहेको महावाणिज्य दूतावासले एक नेपालीलाई परेको संकटमा अर्को नेपालीले सहयोग गर्नुपर्ने धारण प्रेमराजा महतले बताएका छन्।

स्वः कपिलको अन्तिम दाहसंस्कारको चाँजोपाँजो मिलाउन जम्मा भएको भेलामा एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्ण जिवी पन्त, एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य राजन त्रिपाठी, वानाका अध्यक्ष सुवोध पन्त लगायतको उपस्थिती रहेको थियो।

कपिलको असामुयिक निधनप्रति स्तब्ध भएको बताउँदै बाल्टिमोर एशोशियशन अफ नेप्लिज इन अमेरिका (बाना)ले एक बक्तव्य जारी गरेर गहिरो दुख व्यक्त गरेको छ।

बानाको वक्तव्य




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *