च्याम्पियन्स लिगमा आयाक्सको सहज जित, समूहको शीर्ष स्थानमा

डिसी नेपाल
१ असोज २०७६ ९:३१

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा डच क्लब आयाक्सले सहज जित निकालको छ ।

मंगलबार राति भएको खेलमा आयाक्सले फ्रेन्च क्लब लिलीलाई ३–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउन एन्टोन प्रोमेस, एड्सन अल्भारेज र निकोलस टाग्लियाफिकोले एक एक गोल गरे ।

जितसँगै समूह एच को आयाक्सले पहिलो खेलमा ३ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । यस समूहमा चेल्सीलाई हराएको भ्यालेन्सिया ३ अंक जोडेर दोस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *