सोनाक्षीले सामान्य प्रश्नको जवाफ दिन नसकेपछि….

डिसी नेपाल
६ असोज २०७६ ८:१९

बीबीसी। बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई यस कारण ट्रोल गरिँदै छ की हनुमानले कसका लागि संजीवनी बुटी लिएर आएका थिए भन्ने सम्म पनि उनलाई थाहा रहेनछ।

चर्चित भारतीय टेलिभिजन शो कौन बनेगा करोडपति–११ सीजनको २५ औं एपिसोडमा राजस्थानकी उद्यमी रुमा देवी ‘कर्मवीर प्रतिभागी’ का रुपमा भाग लिइरहेकी थिइन्।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पनि विशेष पाहुनाका रुपमा सहभागी थिइन्। उनी रुमा देवीको साथ लिइरहेकी थिइन्। यही बीचका एउटा प्रश्न सोधियो जसको जवाफ दिन सकिनन् र उनले लाइफलाइन प्रयोग गर्नुपर्यो।

प्रश्न थियो–रामायणका अनुसार हनुमानले कसका लागि संजीवनी बुटी लिएर आएका थिए। विकल्प थिए–सुग्रीव, लक्ष्मण, सीता र राम।

सोनाक्षीले यो प्रश्नको जवाफ दिन सकिनन्। र उनले एक्सपर्टको लाइफलाइन प्रयोग गरिन् र सही सजाफ दिइन्।
यो एपिसोड सकिने बित्तिकै सोनाक्षी सिन्हालाई ट्विटरमा मजाक उडाउन थालियो।

केही सामाजिक संजाल प्रयोगकर्ताले उनको पक्ष पनि लिएका छन्। पछि #SonakshiSinha ह्यासट्याग भारतमा ट्रेण्ड गर्न थाल्यो।

निकुंज नामका प्रयोगकर्ताले लेखेका छन्–सोनाक्षी सिन्हाका पिता शत्रुघ्न सिन्हाका तीन भाइ छन्। रााम, भरत र लक्ष्मण। सोनाक्षीका भाइको नाम लव कुश हो। उनको घरको नाम रामायण हो। तै पनि सोनाक्षीलाई यो प्रश्नको सही जवाफ दिन लाइफलाइनको प्रयोग गर्नुपर्यो।’

सामाजिक संजाल प्रयोगकर्ता मनीष चौहानले लेखेका छन्–यो निकै निराशाजनक कुरा हो। कोही व्यक्ति यति निकम्मा कसरी हुनसक्छ?’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *