पोर्तुगलमा आयोजित ‘सेभेन ए साइड फूटबल प्रतियोगिता’मा नेप्जुम समूह विजयी

डिसी नेपाल
७ असोज २०७६ ६:५५

पोर्तुगल । लिस्बनमा आज सम्पन्न ‘सेभेन ए साइड फूटबल प्रतियोगिता’मा नेप्जुम समूह विजयी भएको छ । फाइनलमा जाम्बुजेइरा समूहलाई ३-१ को गोल अन्तरले पराजित गर्दै सहभागी १८ समूहमध्ये नेप्जुम प्रथम हुन सफल भएको हो। सेमी फाइनलमा जाम्बुजेइराले नेप फ्याम समूहलाई पेनाल्टी सुट आउटमा ६-५ को गोल अन्तरले हराएको थियो । नेप्जुमले फ्रेन्डस युनियन लिस्बनलाई ५-२ ले पराजित गरेको थियो ।

यसअघि क्वार्टर फाइनलको नक आउट चरणमा नेप्जुमले बेल्जियम समूहलाई, नेप फ्यामले मदन भण्डारी स्पोर्टस क्लबलाई, फ्रेन्डस युनियनले बागलुङ समूहलाई र जाम्बुजेइराले साओ तोतेनिओ समूहलाई हराएका थिए । लिग चरणबाट ए समूहबाट बागलुङ ‘क’ समूह, मालभेरा समूह, र तमु समाज ‘क’ समूह बाहिरिएका थिए । बी समूहमा रहेका नेप्जुम ‘ख’ समूह, र तोरेस भेद्रास पनि लिग चरणबाटै बाहिरिएका थिए । सी समूहबाट युनाइटेड ब्रदर्श समूह, फ्रिडम मन्तिजु र तामाङ समाज बाहिरिए । समूह डीका तमु समाज ‘ख’ र एभरेष्ट भिजन समूह पनि लिग चरणबाटै बाहिरिन पुगेका थिए।

खेल अवधिभर अनुशासित र मिहेनती खेलाडीकारुपमा ईश्वर तामाङ १०० युरो नगद, ट्रफी र प्रमाण पत्रले पुरष्क्रित भए । यसैगरी खेल अवधिभर ११ गोल प्रहार गरेर जुरासिक मौसम नेपालले सर्वाधिक गोल गर्ने खेलाडीलाई राखिएको पुरस्कार १०० युरो नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रथम हुने समूह नेप्जुमले १५ सय युरो नगद, कप, मेडल र प्रमाण पत्र, द्वितीय हुने जाम्बुजेइरा समूहले ७ सय युरो नगद, कप, मेडल र प्रमाण पत्र पुरस्कार पाएका छन् । तमु समाज पोर्तुगलले आयोजना गरेको यो प्रतियोगितामा पोर्तुगलका १७ र बेल्जियमको एक समूहको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रममा गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तिलक गैरे र पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष विकास गुरुङले गरेका थिए भने सञ्चालन सचिव तारा गुरुङले गरेका थिए । प्रतियोगिता भितुरिया क्लब लिस्बन ओलाइयसमा सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *