नेपाली काँग्रेसको जागरण अभियान सकियो, अन्तिम दिन सरकारविरुद्ध प्रदर्शन

डिसी नेपाल
७ असोज २०७६ १८:१०

काठमाडौं। काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलबार सरकार विरुद्ध काठमाडौं लगायत देशभर विरोध प्रर्दशन गरेको छ।

महँगी, भ्रष्टाचार, वाइडबडी, न्यारो वडी प्रकरण, महिला, बलात्कार र हत्या र संविधानको भावना प्रतिकूल विधेयक ल्याएको भन्दै प्रदर्शन गरेको हो।

राजधानी काठमाडौंको शान्ति वाटिकामा आयोजना भएको विरोध प्रदर्शनमा नेता गोपाल श्रेष्ठ, भीमसेनदास प्रधानलगायतका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणको मांगलबार अन्तिम दिन मुलुकभर नेपाली काङ्ग्रेसले विरोध प्रदर्शन गरी अभियान समापन गरेको हो।

जागरण अभियानको समापनका अवसरमा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रोल्पा, उपसभापति विमलेन्द्र निधिले कैलाली, अर्का उपसभापति विजयकुमार गच्छदारले भक्तपुर, महामन्त्री डा शंशाक कोइरालाले खोटाङ, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाम, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, नेता गोपालमान श्रेष्ठले काठमाडौँ, नेता कृष्णप्रसाद सिटौलाले सुनसरीमा सम्बोधन गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *