म्याग्दी प्रवासी नेपाली संघको तेस्रो अन्तराष्ट्रिय सम्मेलन मंगलबारदेखि घोडेपानीमा हुँदै

डिसी नेपाल
१३ असोज २०७६ १०:५४

काठमाडौं। म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तराष्ट्रिय कार्यसमितीको तेस्रो अन्तराष्ट्रिय सम्मेलन भोलि मंगलबारदेखि शुरु हुँदैछ । सम्मेलन ३ दिन सम्म म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा आयोजना गरिएको छ ।

विश्वसम्मेलनमा सहभागि हुनको लागि बिश्वका विभिन्न देशबाट मोनाको राष्ट्रिय कार्यकारी समितीका प्रतिनिधिहरु प्रतिनिधित्व गर्दै घोडेपानी पुगिसकेका महासचिव मिम पुर्जाले डिसी नेपाललाई जानकारी दिए।

विश्वका २८ देशमा आफ्नो संगठन विस्तार गरिसकेको मोनाको विश्व सम्मेलनका लागि विभिन्न देशबाट एनआरएनए पदाधिकारी समेत घोडेपानी पूगेका छन्।

संस्थाले विश्व सम्मेलनको अवसरमा विभिन्न प्रतिस्पर्धात्मक खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरेको छ। सम्मेलनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वको लागि दाबेदार धेरै रहेपनि सबैलाई मिलाएर सर्वसम्मतिले नै नयाँ नेतृत्व चयन गर्ने पहल गरिएको बताईएको छ।

एनआरएनए विश्व सम्मेलनको मुखमा हुन लागेको मोनाको यस सम्मेलनलाई एनआरएनए नेतृत्वले पनि विशेष महत्व दिएको छ । मोनाको सम्मेलनमा एनआरएनए बिश्वसम्मेलनमा भाग लिने करिब ३ सय प्रतिनिधि सहभागी हुने मोनाका संस्थापक महासचिव एवम् एनआरएनए युरोप संयोजक शिव बरुवालको बताए ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको महासचिव मिम पुर्जाले बताए। उक्त सम्मेलनको उद्‌घाटन प्रमुख अतिथिका रुपमा महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गर्दैछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *