उत्तर कोरिया-अमेरिका वार्ता पहलका लागि कार्यदलस्तरीय वार्ता हुँदै

डिसी नेपाल
१४ असोज २०७६ २१:०८

प्योङयाङ । वासिङ्टन र प्योङयाङ आगामी अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्न सहमत भएका उत्तर कोरियाली विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

प्रथम उप–विदेशमन्त्री चो सोन हुईले मङ्गलबार जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली प्रतिनिधिमण्डल कार्यदलस्तरीय वार्तामा बस्न तयार बनेको जनाएको छ ।

उनले भने, ‘मलाई विश्वास छ कार्यदलस्तरीय वार्ताबाट अमेरिका–उत्तर कोरिया सम्बन्ध विकासका लागि सकारात्मक गति प्राप्त हुनेछ।”

वासिङ्टन–प्योङयाङबीच कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरणका लागि गत बर्षदेखि शुरू भई यसै बर्षको फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्ताबाट सम्झौताका लागि कुनै प्रगति नभएपछि वार्ता प्रक्रिया अवरूद्ध रहिआएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *