मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए
काबुल, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्टेटस आतङ्कारी (आइएस) लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन्।
मानवरहित विमान (ड्रोन) कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न्।
गठबन्धन सेनाले मंगलबार खोग्यानी जिल्लाको वजीर तंगाई इलाकामा चालकरहित विमानबाट गरेको दुई ओटा क्षेप्यास्त्र प्रहारमा परी आइएसका पाँच आतङ्ककारी मारिएका हुन।
यस कारबाहीको विषयमा आईएस लडाकू समूहले हालसम्म कुनै पनि टिप्पणी गरेका छैनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment