विकास की विनाश ! कलंकी-महाराजगञ्ज सडक विस्तारका लागि यसरी फाँडिँदैछन् रुखहरू
काठमाडौं। कंलकी–महाराजगञ्ज सडक विस्तारका लागि उक्त सडकखण्डमा रहेको रुखहरु धमाधम काट्ने काम भइरहेको छ।
८ लेनको सडक बन्ने भएपछि अहिले बाफल देखि सितापाइलाबीचको रुखहरु काट्ने काम भइरहेको हो।
चीन सरकारको अनुदानमा निर्माण गर्न लागिएको उक्त सडकखण्डमा फागुनदेखि सडक विस्तार गरिने छ।
यसअघि चीन सरकारको सहयोगमा कंलकी–कोटेश्वर सडक विस्तारको सम्पन्न भइसकेको छ।
अब दोस्रो चरण अन्तर्गत कंलकी–महाराजगञ्ज र कोटेश्वर–तिलगंगासम्म सडक विस्तार गरिनेछ।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment