ट्रम्पले भने – ‘आप्रवासीलाई गोली हान्नू, सीमानाको नदीमा गोही छाडिदिनू’
काठमाडौं। अमेरिकी राष्ट्रपतिले अमेरिका भित्रिने अवैध आप्रवासीलाई रोक्न् उनीहरुकोखुट्टामा गोली हान्न सुझाव दिएका छन् । उनले अमेरिका मेक्सिको सीमा क्षेत्रमा रहेको नदीमा गोही छाडेर नदीलाई ‘एलिगेटर मोट’ बनाउन पनि सुझाव दिएका छन् । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार गत मार्चमा भएको ओभल अफिस बैठकमा ट्रम्पले यस्तो सुझाव दिएका थिए ।
बैठकमा ट्रम्पले त्यस बोर्डरमा गोही, सर्प, तार तथा बिजुली लगाइदिन समेत सुझाव दिएको समाचारमा जनाइएको छ । दक्षिण बोर्डरमा पर्खाल बनाउन राष्ट्रपति ट्रम्पको मुख्य उद्देश्य रहेको छ । त्यस क्षेत्रमा कम्तीमा पनि ३२१८ किलोमिटर लामो पर्खाल बन्दैछ । उनले गोप्य रुपमा सेनालाई आप्रवासीको खुट्टामा गोली हान्न आग्रह गरेका हुन् तर उनलाई त्यसो गर्नु अवैध हुने समेत बताइएको थियो। केही समय अघि ट्रम्पले ढुंगा हान्ने आप्रवासीलाई गोली हान्न सार्वजनिक रुपमै भनेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment