अमेरिकी इन्धन आयात, निर्यातमा गत साता कमी आयो
ह्युस्टन। अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले जनाएको छ।
अमेरिकामा गत साता प्रति दिन कच्चा तेल औसतमा ६२ लाख ९० हजार ब्यारेल रहेको थियो। अघिल्लो साताको तुलनामा यो प्रति दिन ८७ हजार ब्यारेलले कमी हो।
यसैगरी गत साता कच्चा तेलको निर्यातमा पनि औसतमा प्रति दिन एक लाख १६ हजारले कमी आएको छ। गत साता औसतमा कच्चा तेलको निर्यात प्रति दिन २८ लाख ७० हजार ब्यारेल रहेको थियो।
विगत चार हप्तामा कच्चा तेलको आयात औसतमा करिब ६६ लाख १० हजार ब्यारेल प्रति दिन रहेको छ, र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै १२ लाख ४० हजार ब्यारेलले कमी हो। रासस/सिन्ह्वा
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment