पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा ४ प्रहरीको मृत्यु

डिसी नेपाल
१७ असोज २०७६ ०:०२

पेरिस, (रासस/एएफपी) । फ्रान्सको राजधानी पेरिसको मध्यक्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका एक उच्च प्रहरी स्रोतले जनाएको छ।

प्राप्त जानकारी अनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि उनको घटनास्थलमा नै मृत्यु भएको छ।

आक्रमणपछि पेरिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ। स्थानीय समय अनुसार दिउँसो करिब १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो।

यस्तै घटनालाई पेरिसका नगरप्रमुखले ट्वीटरमार्फत पुष्टि गरेका छन्। फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री पनि घटनास्थलमा पुग्नुभएको प्रहरीले बताएको छ।

पछिल्ला बर्षहरूमा फ्रान्समा कार्यस्थलमा सिर्जना हुने घातक आक्रमणका घटना बढेका अनुसन्धानकर्ताहरूले बताएका छन्। बिहीबारको आक्रमणमा प्रहरी मुख्यालयमा प्रशासनिक एकाइमा काम गर्ने एक कर्मचारीले चक्कू प्रहार गरेका प्रारम्भिक सूचनामा स्थानीय प्रशासनले जनाएको छ।

यसबारे अनुसन्धान भइरहेको थप विवरण पछि आउने प्रशासनले बताएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *