पाकिस्तानसँगको द्वन्द्वमा आफूले हानेको मिसाएल आफ्नै हेलिकोप्टरलाई लागेको भारतद्वारा स्वीकार

डिसी नेपाल
१७ असोज २०७६ १६:४६

नयाँ दिल्ली। गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ।

“गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,” वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताएका छन्।

“हामी विश्वस्त पार्न चाहन्छौँ कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन,” उनले सञ्चारकर्मीहरूलाई बताए।

काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच फेब्रअरी २७ मा भारतीय हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो।

पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकू समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’माथि हमला गरेको एक दिनपछि भारतीय हेलिकोप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो। उक्त घटना पाकिस्तानी भूमिमा संगठित जैस–ए–मोहमदले काश्मिरको पुलवामा आक्रमण गरी ४० भारतीय स्थल सेनाको हत्या गरेपछि भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *