नेपाली सेनाद्धारा टुँडिखेलमा फूलपातीको हर्षबढाइँ
फोटो–रासस
काठमाडौँ । बडादशैंकाे सातौँ दिन शनिबार काठमाडौँको सैनिक मंच टुँडिखेलमा फूलपातीको हर्षबढाइँ गरिएको छ ।
काठमाडौंको बसन्तपुरस्थित दशैँघरमा बडा दशैँको सातौँ दिन फूलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फूलपातीको हर्षबढाइँ गरिएको हो।

समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो।
समारोहमा नेपाली सेनाले बढाईका विभिन्न कौशल प्रर्दशन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्धारा पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो।

नेपाली सेनाले दशैँको फूलपातीको दिन हरेक वर्ष एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाइँ गर्दछ। यसै अवसरमा जमरा राखिएका घरहरुमा पनि विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ।


No ads found for this position

डिसी नेपाल
Facebook Comment