दशैँको अवसरमा राइनास साहित्य पदयात्रा

डिसी नेपाल
१९ असोज २०७६ १३:१३

लमजुङ । बडादशैँको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ गरिएको छ । राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्व्विद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैँको शुभकामना दिँदै पदयात्रा गरेको हो।

फूलपाती अर्थात् शनिबारदेखि नगरपालिका ४ सातबिसे बजारबाट शुरु भई भलायोखर्क, राइनासकोट, तीनपीप्लेलगायत स्थान हुँदै सातबीसे बजारमा नै आएर आज साहित्य पदयात्रा टुङ्गिएको छ।

सहभागी करीब ५० जनाले कविता, मुक्तक, गजल, गीतमार्फत दुई दिनसम्म नगरवासीको सुखशान्तिको कामना गरी नगरका १० वटै वडा परिक्रमा गरेका थियो।

साहित्य पदयात्राका टोलीबाट नगरवासीलाई प्रत्यक्ष रुपमा दशैँको शुभकामना दिन र एकार्काको शुभभावना साटासाट गर्नका लागि सहयोग पुगेको नगर प्रमुख सिंहबहादुर थापाले जानकारी दिए।

कलासाहित्यको जगेर्ना गर्दै दशैँको शुभकामना सन्देश दिनका लागि पदयात्रा आयोजना गरिएको सौभाग्यदेव पूर्व्विद्यार्थी समाजका नवराज पौडेलले बताए । आगामी वर्षमा समेत यस्ता अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *