राजाले राजदरबारबाट ५ नातिनातिनालाई निकाले

डिसी नेपाल
२२ असोज २०७६ १२:३८

बीबीसी। स्वीडेनमा राजदरबारबाट ५ जना नातिनातिनालाई निकालिइएको छ।

राजा कार्ल १६ औँ गुस्ताफले गरेको यस्तो निर्णयसँगै ती बालबालिकासँग अब रोयल हाइनेसको पद रहने छैन र उनीहरूले आधिकारिक राजकीय जिम्मेवारी निर्वाह गर्नुपर्ने छैन।

उनीहरू राजपरिवारका सदस्य भने रहिरहने छन् र उनीहरूको ड्युक र डचिसको उपाधि कायम रहने बीबीसीमा उल्लेख गरिएको छ।

उक्त परिवर्तनले सिंहासनको दाबेदार मानिएका राजाका अन्य दुई नातिनातिनालाई भने असर नपारेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *