सिरियामा टर्कीको आक्रमण तीव्र, हजारौं मानिसको भागाभाग

डिसी नेपाल
२४ असोज २०७६ ८:२१

बीबीसी। उत्तरी सिरियामा कुर्द लडाकुको नियन्त्रण रहेको इलाकामा टर्कीको सैन्य कारबाही दोस्रो दिनमा पनि जारी छ।

बीबीसीका अनुसार टर्कीले कुर्द नियन्त्रित कयौं ठाउँ आफ्नो कब्जामा लिएको र धेरै संख्यामा कुर्द लडाकु मारिएका छन्।

हमलासँग हजारौं मानिसको भागाभाग भएका छन्। बीबीसीले जनाएअनुसार टर्की कुर्द लडाकुलाई हटाएर सुरक्षित क्षेत्र सेफ जोन तयार गर्न चाहन्छ, जहाँ लाखौं सिरियाली शरणार्थी समेत बस्दै आएका छन्।

टर्कीले यस कारबाहीको योजना पहिलेदेखि नै बनाएर राखेको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँबाट आफ्नो सैनिक फिर्ता गर्ने निर्णयसँगै कुर्द लडाकु विरुछ आक्रमण गर्न टर्कीलाई बाटो खुला भएको हो।

टर्कीले बिहीबार दिनभर हवाई हमला तथा गोलाबारी समेत गर्यो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *