विवाह गरेर घर गएकै दिन सासूले रेखालाई चप्पलले पिटेर लखेटेकी थिइन्

डिसी नेपाल
२४ असोज २०७६ १२:१३

नयाँ दिल्ली। बलिउड अभिनेत्री रेखाको आज जन्म दिन हो। रेखा ६५ वर्षकी भइन्। १० अक्टोबर, १९५४ मा मद्रासमा जन्मिएकी रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो। फिल्ममा कदम राखेपछि उनले आफ्नो नाम छोटो बनाएर रेखा राखेकी थिइन्।

रेखाले मात्र १३ वर्षको उमेरमा तेलुगु फिल्म ‘रंगुला रत्नम’ बाल कलाकारको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन्। रेखाका विषयमा के भनिन्छ भने उनी जे बन्न चाहन्थिइन् त्यो बन्न सकिनन्। आज हामी रेखाको जन्म दिनको अवसरमा उनीसँग जोडिएका विभिन्न किस्साका बारेमा जानकारी दिँदैछौं।

लेखक यासिर उस्मानले रेखाको जीवनमा आधारित एक पुस्तक लेखेका छन्। जसको नाम हो –रेखा ः एन अनटोल्ड स्टोरी’। यो किताबमा रेखाको जीवनका कयौं किस्सा उल्लेख गरिएको छ।

विनोद मेहरासँग विवाह गरेर रेखा जब पतिको घर गइन्, तब उनको स्वागत हुनुको साटो उनलाई गाली गर्न थालियो। रेखाकी सासूले उनलाई चप्पलले पिटेकीसमेत थिइन्।

फिल्ममा आउनुपूर्व रेखा नर्स बन्न चाहन्थिइन्। त्यस बाहेक उनी विश्व भ्रमण गर्न चाहन्थिइन्। र एक होस्टेज बन्ने उनको चाहना थियो।

रेखाको अभिनयमा कुनै रुची थिएन। तर कमजोर आर्थिक अवस्थाका कारण उनले आफ्नो अध्ययन छोडेर अभियनमा लागिन्।

एक समय रेखाले आफ्नो गरिवीका कारण तेलुगुका बी र सी ग्रेटका फिल्ममा पनि काम गरिन्।

रेखा जब १४ वर्षकी थिइन् तब उनलाई पहिलो हिन्दी फिल्ममा हिरो विश्वजीतले क्यामेराको अगाडि किस गरेका थिए। रेखालाई यो किस सीनको बारेमा जानकारीसमेत दिइएको थिएन। उनी आँखा बन्द गरेर कट हुने बेलासम्म रोइरहिन्।

रेखाकी एक आफ्नै बहिनी, पाँच सौतेनी बहिनी र एक सौतेनी भाइ थिए। आफू र सौतेनी भाइ बहिनीका आमा फरक फरक भएपनि उनीहरुबीचको सम्बन्ध निकै सुमधुर थियो।

रेखालाई डबिङको निकै शोख थियो। उनले नितु सिंहको आवाजमा फिल्म याराना र स्मिता पाटिलको आवाजमा फिल्म वारिसमा डबिङ गरेकी थिइन्।

फिल्ममा अभिनय बाहेक रेखालाई गीत गाउन पनि निकै शोख छ। उनले संगीतकार आरडी बर्मनको आग्रहमा फिल्म खुबसुरतमा दुई गीत पनि गाएकी छन्।

रेखाले एक अन्तर्वातामा भनेकी थिइन्–आजसम्म म गर्भवती भएकी छैन। त्यसो त मलाइ विवाह भन्दा अगाडि बच्चा जन्माउन पनि कुनै आपत्ति छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *