चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा
चेन्नाई। चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुगेका छन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आएका हुन्।
बैठकका क्रममा दुबै नेताबीच दिर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा गम्भीर विचारविमर्श हुनेछ।
चेन्नाई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो। तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र पनि हो। राष्ट्रपति सीको चेन्नाईमा भव्य स्वागत गरिएको थियो।
भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि नेपालको दुई दिने भ्रमण गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment