टर्कीविरूद्धको प्रतिबन्धको तयारी : फ्रान्सेली मन्त्री

डिसी नेपाल
२४ असोज २०७६ २२:२९

पेरिस (रासस/सिन्ह्वा) । टर्कीद्वारा सिरियामा चलाइएको सैनिक अभियानलाई लिएर यूरोपेली नेताहरूले आगामी हप्ता हुने यूरोपेली संघ (इयू) सम्मेलनमा प्रतिबन्धका बिषयमा छलफल गरिने फ्रान्सका इयू मामिला मन्त्री अमिली दे मन्टचालिनले शुक्रबार बताएका छन्।

दे मोन्टचालिनले फ्रान्स इन्टर रेडियोसँग भने, “पक्कै पनि इयूले टर्कीविरूद्ध प्रतिबन्धका लागि तयारी अवस्थामा छ। प्रस्ताव छलफलका लागि इयूमा दर्ता भैसकेको छ। यसबारे आगामी हप्ता यूरोपेली परिषद्मा छलफल हुने छ।”

उनले थपे, “अहिले कुनै बिषय पनि बन्द भएको छैन। सबै बिषय छलफलका लागि खुला छन्।”

मोन्टचालिनले थपे, “जतिवेला यूरोपेली नागरिकको प्रतिकुल तथा यूरोप क्षेत्रमा अस्थिरताविरोधी गतिविधि हुन्छन् यूरोपेली शक्ति शक्तिहीन बनेर बस्ने छैनन्।”

बिहीबार २८ सदस्यीय यूरोपेली समूहले संयुक्त विज्ञप्ति जारी गरी टर्कीलाई सिरियाको उत्तरी क्षेत्रमा सैन्य गतिविधि रोक्न आह्वान गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *