‘एक तो कम जिंदगानी’ को शुटिङका क्रममा नोरोको घुँडामा चोट

डिसी नेपाल
२७ असोज २०७६ ८:५१

मुम्बई। नोरहा फतेही फिल्म ‘मरजावां’ को गीत ‘एक तो कम जिन्दगानी’ बाट निकै प्रशंसा बटुलिरहेकी छन्। यो गीत यूट्यूबमा अहिलेसम्म तीन करोड भन्दा धेरैले हेरिसकेका छन्। तर यो गीतको शुटिङ नोराका लागि सजिलो भने थिएन।

भारतीय संचारमाध्यमका अनुसार शुटिङका क्रममा नोराको घुँटाको चोट लागेको थियो। र त्यही कारण गीतको शुटिङ पनि ढिला भएको थियो।

यो वर्ष नोराका कयौं गीत प्ले लिस्टको शीर्ष स्थानमा छन्। ‘एक तो कम जिन्दगानी’ बाहेक बाटला हाउसमा ‘साकी–साकी’ गीनमा पनि उनलाई देख्न सकिन्छ। त्यो बाहेक विकी कौशलसँग बडा बछताओगे गीनमा पनि उनको अभिनय छ। यी दुवै गीत निकै चर्चित छन्।

इन्टरटेनमेन्ट वेबसाइट पिंकविलाले यो भिडियो शेयर गरेको छ। यो गीत सिद्धार्थ मल्होत्रासँग खिचिएको छ। शुटिङका क्रममा जब नोरालाई चोट लागेको थियो, तब उनी निकै चिन्तामा थिइन्। भिडियोमा नोरो आफ्नो घाउमा औषधि लगाउँदै गरेको देखिएकी छन्।

मरजावांको गीत बाहेक नोरो रेमोले डिसुजाको स्ट्रीट डान्सर ३डी को एक गीतमा पनि अभिनय गरेकी छन्। यसमा नोरा वरुण धवन र श्रद्धा कपुरसँग अभियन गर्दैछिन्। नोराले फिल्मको शुटिङको क्रममा यो भिडियो शेयर गरेकी थिइन्। यसमा उनी कास्ट र क्रुसँग रमाइलो गर्दै गरेको देखिन्छ। यो फिल्म जनवरी २०२० मा रिलीज हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *