रारादेखि छायाँनाथ धामसम्म हेलिकोप्टर सेवा शुरु

डिसी नेपाल
२८ असोज २०७६ १८:३८

मुगु । दुई महिना अघि सुरु गरिने भनिएको रारादेखि छायानाथ धामहवाई प्याकेजको मंगलवार परीक्षण उडान गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षितगरी मंगलवार सदरमुकाम गमगढीदेखि छायानाथसम्म सिम्रिक एयरको नाईन एनएएलपिकल साईन हेलिकप्टरबाट परीक्षण उडान सम्पन्न गरिएको हो ।

परीक्षण उडानका क्रममा प्रतिनिधिसभा संसदका सदस्य गोपालबहादुर बम, कर्णाली प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्की, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको टोली रारा छायानाथ प्याकेजको परीक्षण उडानमा सहभागि भएका थिए।

परीक्षण उडानपछि गमगढीमा संक्षिप्त प्रतिक्रियादिदै प्रतिनिधिसभा सदस्य बमले अबमुगुको पर्यटकीय स्थल रारा मात्रै नभएर धार्मिक स्थल छायानाथ माथिल्लो मुगु पनि पर्यटकीय गन्तव्यका रुपमा सुचिकृत हुन सक्ने बताए ।

रारा घुम्न आउने पर्यटकले रारामा स्नान गरि पवित्र तीर्थस्थल छायानाथ घुम्न चाहेमा हेलिकप्टर प्याकेज सञ्चालन गरिनु पर्यटन प्रर्बद्धनमा निकै सहयोग मिल्ने बमको भनाई छ। विशेष गरि छायानाथ धामबौद्ध धर्मालम्वी र हिन्दु धर्मालम्वीहरुले आ–आफ्नै शैलीमा पुज्ने भएकाले पनि धार्मिक पर्यटनको निकै सम्भावना भएको उनले बताए ।

नेपाल भ्रमण वर्षमा रारा छायानाथ प्याकेज मात्रै नभई से–फोक्सुण्डो रारा, रिभर टु रिभर, कान्जिरोवा–सैपाल माउण्टेन फ्लाईट, रारा सिमिकोट हिल्सा टुर्सलगायतका कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा विभिन्न कार्यक्रम सञ्चालन गरिने कर्णाली प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्कीले बताए। यस्ता प्याकेजले समग्र कर्णालीको पर्यटनको प्रर्बद्धनमा सहयोग पुग्ने दावी गरे।

दुई महिना अघि साउनबाट प्याकेज सञ्चालनगर्ने भनिएपनिप्रतिकुलमौसमकाकारण प्याकेज सञ्चालन हुन नसकेको उपयुक्त मौसम असोजदेखि जेठसम्म हवाई प्याकेज उपयुक्त देखिएको कार्कीको भनाई छ।राराबाट छायानाथ पुगेर पुनः रारा फर्किन एक पटकमा चारदेखि पाँचजना हेलिकप्टरमा जान सक्ने देखिएको सिम्रिक एयरका चालक हरेराम थापाले बताए ।

प्याकेज शुल्क

राराबाट छायाँनाथ र छायाँनाथबाट रारा पुग्न ३० मिनेटको समय लाग्ने गर्दछ भने प्याकेजका लागि २५ देखि ३५ हजार खर्च लाग्ने जनाईएको छ। छायाँनाथ पुग्दा सम्म मुगुकमारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका मनोरम रमणीय स्थलकोे पनि अवलोकन गर्न सकिने बताईएको छ ।

छायाँनाथ धामको धार्मिक कथन

छायाँनाथ धाम कर्णाली अञ्चलको मुगु जिल्लाको पूर्वी क्षेत्र डोल्फु गाविसमा पर्ने छायानाथ धाम पुस्तौंदेखि नै दुई धर्मालम्बीको संगमस्थल बनेको छ ।  छायानाथको स्थापना, त्यसको धार्मिक तथा पौराणिक महत्वका विषयमा बौद्ध धर्म र हिन्दु धर्मालम्वीले आ–आफनै विश्लेषण र तर्क गरिरहेका छन् ।

मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि तीनदिनको पैदल यात्रापछि पुगिने छायानाथ धाम समुन्द्री सतहदेखि पाँचहजार मिटर माथिको उचाइमा अवस्थित छ। केदार नाथ, बद्रिनाथ, पशुपतिनाथभन्दा छायानाथलाई जेठो धामका रुपमा मानिन्छ भने यसको अर्को स्वरुप मानसरोवर पनि हो ।

छायानाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवालगायतका हिमालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । महादेवले शति देवीको शव बोकेर राराको बाटो हुँदै छायानाथ गएकाले छायानाथ धाम र हिमालको प्रतिबिम्ब रारामा पर्ने भएकाले कतिपयले रारालाई समेत तीर्थ स्थलका रुपमामान्ने गर्दछन् ।

हरेक १२ वर्षमाबाँदर वर्षका रुपमाबौद्ध धर्मालम्वीले छायाँनाथको जन्मवर्ष मनाउने गर्दछन्। यो वेला परम्परागत पहिरन लगाएर बुढा पाकादेखि बालबच्चा सबै छायानाथ जाने गर्दछन् ।

छायाँनाथमा पुगेर नाचगान पुजा पाठ गर्ने पनि गर्दछन्। यताहिन्दु धर्मालम्बीले पनि जनै पूर्णिमाका बेला नै छायानाथमा पुगेर, शिव, महादेवको रुप मानेर पुजापाठ गर्ने, आ–आफ्ना कुल देवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने काम समेत गर्दछन्

छायानाथको पानीलाई शुद्ध तथा जल मानेर ल्याउने र फलफूलका रुखमा छर्ने, छायानाथ पुग्न नसकेककाहरूलाई जलदिने गर्दछन् । देवी देवताका मूर्तिहरू छायानाथबाट शुद्ध पारेर ल्याएपछि जनै पूर्णिमाको विहान आफ्नो गाउँमा पुगेर देवी देवताको पूजापाठ र धामी नाच्ने बैदिक परम्परा छ ।

धार्मिक ग्रन्थ किवंदन्तीअनुसार महादेवले शति देवीको मृत शरीरलाई बोकेर डुल्दै जाने क्रममा शति देवीको अन्तिम शेष पतन भएको स्थान नै छायानाथ धाम हुन पुगेकाले हिन्दुको पवित्र धाम मानिएको विश्वास गरिदै आएको छ ।
छायानाथ दर्शन गर्दा मनले सोचेको कुरा पुरा हुने, देवी देवता पाइने र पुण्य कमाउने भन्दै हजारौं तीर्थ यात्री छायानाथ पुग्ने गर्दछन् ।

भारतको काशीजानु पहिले छायानाथको दर्शन गर्नु पर्ने हिन्दुहरूको मान्यता छ। कासी दर्शन गर्न जाँदात्यहाका पण्डितले छायानाथ गएको छ की छैन भनेर सोध्ने र नगएको भए बालुवाको थुप्रोले छायानाथको प्रति कबनाएर दर्शन गराएपछि मात्र कासीको दर्शन गराउने गरेको ब्राह्माणको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *