समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्छ : कमल थापा

डिसी नेपाल
२९ असोज २०७६ १९:०४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्।

अध्यक्ष थापाले मुलुकको राष्ट्रियताको सम्वद्र्धन र संरक्षणका लागि पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे।

सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुक, प्रजातन्त्र र जनताको हितका निम्ति पनि राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने पनि बताए।

अध्यक्ष थापाले दसंै, तिहारको अवसर पारेर सबै राजनीतिक दलहरुलाई शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेको भन्दै सत्तारुढ नेकपाप्रति आभार पनि व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *