राजनीतिमा नैतिकताको संकट देखियो : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएको नैतिक संकटलगायतका विकृति र विसंगतिलाई अन्त्य गर्न राजनीतिलाई सैद्धान्तिक बहसको बाटोबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए।
सत्तारुढ नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि पनि सिद्धान्त र निष्ठाको राजनीतिलाई जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।
वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि राजनीतिक दलहरुले निष्ठाको राजनीतिलाई अघि बढाउनुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले लोकतन्त्रमा दलहरुबीच फरक मत भएपनि मुलुकलाई अघि बढाउने विषयमा साझा धारणा बनाएर अघि बढनुपर्ने स्पष्ट पारे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment