सिंहको अगाडि हाम्फाले, सेल्फी खिचे, बाहिर निकाल्न खोज्दा भने – ‘मर्न आएको हुँ’ तर…

डिसी नेपाल
१ कार्तिक २०७६ १३:२१

काठमाडौं। २८ वर्षका एक युवकले चिडियाखानामा सिंहको अगाडि हाम्फाले । उनले सिंहसँग सेल्फी खिचे । तैपनि सिंहले उनलाई केही गरेन । आज तकको समाचारअनुसार हिजो बिहीबार दिल्लीको चिडियाखानामा ती युवक सिंहको अगाडि हाम्फालेका थिए । यो भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यी सनकी युवक सिंहको अगाडि धेरै नै समय बसे । उनले सिंहसँग सेल्फी पनि लिए । यति गर्दा पनि सिंहले उनलाई केही गरेन । चिडियाखानाका कर्मचारीका अनुसार १७ नम्बर पिंजडामा सुन्दरम नामको सिंह छ । सुन्दरमलाई हरेक दिन साँझ ४ देखि ५ बजेको बीचमा खाना दिइन्छ । तयसपछि केही खाना बिहानको लागि पनि राखिदिइन्छ । बिहान ९ देखि १० बजेको बिचमा सिंहको पिंजडा खोलिन्छ ताकि ऊ आफ्नो क्षेत्रमा घुमफिर गर्न सकोस् ।

बिहीबार सिंहले बिहानको खाना खाइसकेको थियो र उसको पेट भरिएको थियो । त्यतिबेला सिंहको पिंजडा खोलिएको थियो र ऊ आफ्नो क्षेत्रमा घुमिरहेको थियो । सिंहलाई जब भोक लागेको हुँदैन त्यतिबेला उसले आफ्नो शिकारलाई केही गर्दैन । सिंह यदि भोको भएमा भने उसको यति नजिक रहेर बच्न असम्भव हुन्छ । ती व्यक्ति पनि सिंह अघाएको बेला त्यहाँ गएकोले सिंहले उनलाई केही गरेको थिएन ।

रेहान खान नामका यी युवक पूर्वी चंपारणको भएको बताइएको छ । विगत केही दिनदेखि उनी दिल्लीको सिलमपुरमा बदै आएका थिए । चिडियाखानाका जनसम्पर्क अधिकृत रियाज खानका अनुसार रेहान सिंहको क्षेत्रमा हाम्फाल्नुअघि उनले एक गार्डलाई आफू मर्नको लागि जान लागेको बताएका थिए । रेहानले हाम्फालेको क्षेत्रमा १० वर्षको सिंह सुन्दरम थियो ।

यो घटनाको खबर चिडियाखानाको क्विक रेस्पोन्स टिमले पाएपछि उनीहरु घटनास्थल पुगे । टिमले सिंहको क्षेत्रभित्र गएर सिंहको ध्यान अन्यत्र भट्काए र उसलाई अर्को तर्फ लिएर गए । त्यहाँ सिंहलाई बेहोस बनाइयो । त्यही क्रममा फायर ब्रिगेड र पुलिस पनि घटनास्थल पुगे । सिढी र डोरीको सहायताले रेहानलाई बाहिर निकाल्न खोज्दा उनी बाहिर निस्कन मानेनन् । उनले स्टाफसँग आफू मर्न त्यहाँ गएको बताएका थिए । १५ मिनेटसम्म भित्र नाटक चल्यो । अन्ततः १० जनाको टिमले उनलाई बाहिर निकाले ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *