भुटानमा भारतीय युवकले गरे लाजमर्दो हर्कत, भारतबाटै आइरहेछ चर्को गाली

डिसी नेपाल
१ कार्तिक २०७६ १३:५९

एजेन्सी। भुटान घुम्न गएका एक भारतीय युवकले निकै लाजमर्दो हर्कत गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । रोयल भुटान पुलिसले उनलाई पक्राउ गरेको छ । यी भारतीय पर्यटकले भुटानको डोचुलास्थित नेशनल मेमोरियल चोर्टन बौद्ध स्तुपमा चढेर फोटो खिचाएका थिए । ती तस्वीरहरु भाइरल भए जसबाट स्थानीय नागरिकको धार्मिक भावना आहत भयो । त्यसपछि पुलिसले उनीमाथि कारवाही गरेको हो ।

पक्राउ परेका युवक अभिजित रतन हजारे भएको बताइएको छ जो महाराष्ट्रका हुन् । बताइएअनुसार भारतबाट १५ बाइकर्सको टोली भुटान घुम्न गएको थियो जुन टोलीमा अभिजित पनि थिए । रोयल भुटान पुलिसले अभिजितको पासपोर्ट जफत गरेको छ र थप कारवाही अगाडि बढाएको छ ।

उनले फोटो खिचाएको नेशनल मेमोरियल चोर्टन बौद्ध समुदायको धार्मिक स्थल हो । यो स्तुप भएको ठाउँमा भगवान बुद्ध बसेको प्रमाण भेटिएको बताइन्छ । भुटानमा यी स्तुपहरुको पूजा गरिन्छ । अभिजितसँग भुटान गएका बाइकरले भने उनी उभिएको ठाउँ बौद्ध स्तुप हो भन्ने उनलाई थाहा नभएको बताएका छन् । सामाजिक संजालमा सार्वजनिक भएपछि यी तस्वीरमाथि कडा आपत्ति जनाइएको छ । भारतमै मानिसहरुले अभिजितको तीव्र आलोचना गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *