दिल्लीका सभामुखलाई ६ महिना जेल सजाय !

डिसी नेपाल
१ कार्तिक २०७६ १६:५८

नयाँ दिल्ली। भारतको केन्द्रशाति प्रदेश दिल्लीको विधानसभाका सभामुख रामनिवास गोयललाई ६ महिनाको जेल सजाय सुनाइएको छ । दिल्लीको रउज एभेन्यू अदालतले गोयललाई भाजपाका नेता मनिष घइको घरमा जबरजस्ती घुसेको मुद्दामा सजाय सुनाएको हो । अदालतले रामनिवास गोयल, उनका छोरा सुमित गोयलसहित ५ जनालाई ६–६ महिनाको जेल सजाय सुनाएको हो । उनीहरु सबैलाई १–१ हजार जरिवाना पनि लगाइएको छ ।

घटना २ फेब्रुअरी २०१५ को हो । यी सबै अभियुक्तहरु भाजपा नेता मनिष घइको घरमा जबरजस्ती घुसेर उनलाई कुटपिट गरेका थिए । गोयलले आफूलाई भाजपा नेताको घरमा चुनावअगाडि मतदातालाई बाँड्नको लागि कम्बल र मदिरा लुकाएर सूचना प्राप्त भएकोले आफू त्यहाँ गएको तर्क गरेका थिए । गोयलले यसको सूचना आफूले पुलिसलाई दिएको र पुलिसको साथमा घरमा गएको दावी गरेका थिए । तर अदालतले यो दलील अस्वीकार गर्दै सजाय सुनाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *