कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश दिएकाे भन्दै न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त

डिसी नेपाल
१ कार्तिक २०७६ २१:१७

काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ।

परिषद्को आज बसेको बैठकले गोरखा बु्रअरी कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

परिषद्ले सो विवादमा छानबिन समिति गठन गरेको थियो। छानबिनपछि सोही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजिनामा दिइसकेका छन्।

बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परिषदमा काजमा तानिएपछि विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *