भारत र फिलिपिन्सबीच चार बिषयमा सहमति र हस्ताक्षर

डिसी नेपाल
२ कार्तिक २०७६ ६:०९

मनिला । भारत र फिलिपिन्सबीच चार सहमतिमा शुक्रबार हस्ताक्षर भएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दको फिलिपिन्समा भइरहेको पाँच दिने भ्रमणका क्रममा सहमति भएको हो। सहमतिमा सुरक्षा, पर्यटन, विज्ञान, प्रविधि, संस्कृतिलगायतका विषयलाई समेटिएको अधिकारीहरुले जानकारी दिएका छन्।

भ्रमणका क्रममा भारतीय राष्ट्रपति कोविन्दले फिलिपिन्सका समकक्षी रोड्रिगो डुटेर्टेसँग भेटवार्ता पनि गरेका छन् ।

भारतको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत् दिएको जानकारी अनुसार दुई देशकाबीचमा साझेदारी र सहकार्यका बारेमा पनि सहमति भएको छ।

उनीहरुबीच दुई पक्षीय हित, अन्तर्राष्ट्रिय साझा चासो र आपसी सम्वन्धका बारेमा कुराकानी भएको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *