मोटो पैसा लिएर यौन सम्बन्ध राखिन्, त्यसपछि ग्राहकलाई बलात्कारको आरोप लगाइन्

डिसी नेपाल
२ कार्तिक २०७६ १४:५९

काठमाडौं। एक सेसनको लागि २३ हजार रुपैयाँ लिने एक महिला थेरापिस्ट पक्राउ परेकी छिन् । उनी आफ्ना ग्राहकसँग यौन सम्बन्ध बनाएका कारण पक्राउ परेकी हुन् । यो घटना अमेरिकाको राज्य मिनेसोटाको हो । क्रिमिनल सेक्सुअल कन्डक्टको लागि दोषी पाइएमा ४३ वर्षकी क्लिनिकल साइकोलोजिस्ट महिला जोहन्ना ली मेमलाई १५ वर्षको जेल सजाय हुन सक्छ ।

पुलिसले उनलाई ११ अक्टोबरमा पक्राउ गरेको थियो । पछि उनलाई १ करोड १४ लाख रुपैयाँ (१ लाख डलर) धरौटी लिएर छाडिएको छ । डेलीमेलको रिपोर्ट अनुसार यी महिलाले झुटो बोल्दै ग्राकमाथि बलात्कारको आरोप लगाएकी थिइन् । मिनियापोलिस स्टार ट्रिब्युनका अनुसार यो घटनाको खुलासा त्यतिबेला भएको थियो जब यी महिलाले अगष्टमा पुलिसलाई बोलाएर ग्राहकले आफूलाई बलात्कार गरेको भनेकी थिइन् ।

महिलाले पुलिसका जाँच अधिकारीहरुसँग ग्राहकले आफूसँग अफेयर भएको बताउन सक्ने पनि भनेकी थिइन् । पुलिसले उनका ग्राहकसँग सोधपुछ गर्दा उनले आफूहरुबीच करिब ४ महिना सहमतिमै यौन सम्बन्ध रहेको बताए । यौन सम्बन्धको सुरुवात थेरापी सेसनबाटै भएको थियो । पीडित ग्राहकले पुलिसलाई म्यासेज र भ्वाइसमेल पनि देखाए । जब पुलिसले महिलाको फोनको जाँच गर्यो तब उनले ग्राहकसँगका अधिकांश म्यासेज डिलिट गरेको थाहा भयो । पछि प्रमाण भेटिएपछि उनले ग्राहकसँग आफ्नो सम्बन्ध भएको स्वीकार गर्दै उनले आफूलाई कहिल्यै बलात्कार नगरेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *