महिलाले ११ वर्षका बालकसँग यौन सम्बन्ध राखेर बच्चा जन्माइसक्दा परिवारलाई पत्तै छैन

डिसी नेपाल
२ कार्तिक २०७६ १७:५७

एजेन्सी। २८ वर्षकी एक महिलालाई ११ वर्षका बालकसँग यौन सम्बन्ध बनाएको अभियोगमा जेल सजाय सुनाइएको छ । घटना अमेरिकाको फ्लोरिडाको हो । बुधबार अदालतले महिलालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । घटनाको समयमा मरिसा मौरी नामकी ती महिला २२ वर्षकी थिइन् ।

डब्लुएफटिभी डटकमको रिपोर्टअनुसार ती महिला ११ वर्षका ती बालकको घरमा घरेलु कामदार थिइन् । यही क्रममा जनवरी २०१४ मा उनले ती बालकसँग यौन सम्बन्ध बनाइन् । अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको छ । ती महिलाले बालकसँग यौन सम्बन्धपछि गर्भवती भएर बच्चासमेत जन्माइन् तर ती ११ वर्षे बालकको परिवारलाई महिलाको कर्तुतबारे पत्तै भएन ।

पीडित बालकका परिवारले महिलाले आफ्ना ब्वाइफ्रेण्डका बच्चालाई जन्म दिएको ठानेका थिए । महिलाले ७ महिनाको अवधिमा ती बालकसँग कम्तीमा १५ पटक दुर्व्यवहार गरेकी थिइन् । तर, ती बालकले कुनै पनि घटनाबारे परिवारलाई जानकारी दिएनन् । २०१७ मा महिलालाई गिरफ्तार गरेपछि घटनाको खुलासा भएको हो ।

अहिले पीडित बालकको उमेर १७ वर्ष भएको छ । अदालतमा सजाय सुनाउने बेला पीडित किशोर र ती महिलाको ५ वर्षको बच्चा पनि उपस्थित थिए । जेलबाट रिहा भएपछि ती महिलाले सेक्स अफेंडर रजिष्टरमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *