ब्रेक्जिटमाथि छलफल हुँदा लण्डनमा हजारौंको प्रदर्शन

डिसी नेपाल
२ कार्तिक २०७६ १८:२१

लण्डन (बीबीसी) । यूरोपली युनियन (ईयू)बाट बेलायताको बहिर्गमन (ब्रेक्जिट)बारे बेलायती संसदमा शनिबार छलफल चलिरहँदा लण्डनमा हजारौं प्रदर्शनमा उत्रिएका छन् । यसअघि ३ पटक ब्रेक्जिटमाथि भएको मतदानमा असफलता भएसँगै बेलायतमा राजनीतिक संकट बढेको थियो । ब्रेक्जिट संसदबाट अनुमोदन गराउन नसकेपछि तत्काली प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिएकी थिइन् । उनका उत्तराधिकारी बोरिस जोनसनले ईयूसँग गरेको नयाँ सम्झौताअनुसार शनिबार ब्रेक्जिटमाथि छलफल तथा मतदानको तयारी भइरहेका बेला लण्डनमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरुले ‘अन्ति निर्णय’ गर्न भन्दै प्रदर्शन गरेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले प्रदर्शनको सार्वजनिक गरेको भिडियोमा मध्ये लण्डनमा हजारैं प्रदर्शनकारीहरु जम्मा भएको देखिएको छ । सन् २०१६ मा भएको जनतमतसंग्रहमा बेलयातले ईयू छोड्नुपर्ने पक्षले जितेको थियो ।

सोही जनतमसंग्रहको जनादेश कार्यान्वयन गर्न ब्रेक्जिट अनुमोदन गर्न लागिएको हो । तर, ब्रेजिक्ट अनुमोदन हुन नसकेपछि बिना सम्झौता बेलायत ईयूबाट बाहिरिने सम्भावना थियो । प्रधानमन्त्री बोरिस जोनसनले गरेको भनिएको पछिल्लो सम्झौता बेलायती संसदले अनुमोदन गर्ने अपेक्षा गरिएको छ । हाल यही अक्टुबर अन्तिममा बेलायतले ईयूबाट अलग्गिनुपर्ने अन्तिम समयसीमा तोकिएको छ । तर, ब्रेक्जिट पारित पाए यो समयसीमा बढ्न सकिने सम्भावना छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ईयूबाट बेलायष्त बाहिरिने विषयमा केही दिन अघि उनले ईयूसँग गरेको सहमतिले ‘मुलुकको उपचार हुने’ भन्दै सांसदहरूलाई संसद्मा हुने मतदानमा उक्त सहमतिको समर्थन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट सहमतिमाथि मतदान गर्न शनिवार संसद्को बैठक बसिरहेको छ । बेलायतमा शनिवारका दिन संसद्को बैठक बसेको यो ३७ वर्षपछिको पहिलो हो । सन् १९८२ मा फकल्यान्ड युद्धका बेला शनिवार संसद्को बैठक डाकिएको थियो । प्रधानमन्त्रीले आफूले इयूसँग गरेको सहमतिलाई समर्थन गर्न सांसदहरूलाई मनाउने प्रयत्न गरिरहेका छन् । उनका पूर्व डीयूपी समर्थक र विपक्षी दलहरूले उनको सहमतिविरुद्ध मतदान गर्ने योजना बनाइरहेका छन् ।

ब्रेक्जिट मन्त्री स्टेफन बार्कलेले मतदानमा असाध्यै झिनो मतान्तर हुन सक्ने बताए । उनले सरकारले सबै पक्षका सांसद्को चासो सुनेको बताए । उनले बीबीसी ब्रेकफाष्टलाई भने, ‘अब उक्त सहमति पारित गरेर मुलुकलाई अगाडि बढ्ने बाटो खोल्नु सांसदहरूको जिम्मेवारी हो ।’ कम्तीमा ९ जना लेबर सांसद्हरूले सरकारलाई समर्थन गर्ने अपेक्षा राखिएको छ । प्रधानमन्त्रीले गत महिना आफ्नो विपक्षमा गएका कारण कारबाही गरेका २१ टोरी सांसदमध्ये केहीले आफूलाई समर्थन गर्ने आशामा छन् ।

कुनै पनि बुँदामा हुने मतदान सभामुख जोन बर्काउले कुन संशोधनलाई पहिला ठाउँ दिनेछन् भन्नेमा भर पर्नेछ । सबभन्दा महत्वपूर्ण र विवादास्पद संशोधन पूर्व टोरी सांसद सर ओलीभर लेटविनको रहेको छ । उनी अहिले स्वतन्त्र सांसदका रूपमा छन् । सांसदहरूले एउटा कानुन पारित नगरेसम्म प्रधानमन्त्रीको पछिल्लो सहमति पारित हुन नसक्ने उनको संशोधनमा छ ।

यदि यो संशोधन पास भयो भने त्यसले ब्रेक्जिटलाई ३१ अक्टोबरको समयसीमाबाट अझ पछाडि धकेल्न प्रधानमन्त्रीलाई बाध्य बनाउनेछ । बीबीसीकी राजनीतिक सम्पादक लउरा क्यूएन्सबर्ग भन्छिन्, ‘ प्रधानमन्त्रीले असाध्यै चाहेको सहमति पारित गर्न उक्त कानूनले रोक्छ । प्रधानमन्त्री कार्यालयको एक स्रोतले भने अनुसार यदि लेटविनको संशोधन पारित भयो भने प्रधानमन्त्रीको सहमति त्यतिकै छोडिनेछ र त्यसले ‘सम्पूर्ण दिन अर्थहीन बनाइदिनेछ ।’

लेटविनको संशोधनलाई समर्थन गरेका पूर्व टोरी अर्थमन्त्री फिलिप ह्यामोन्डले बीबीसीलाई भने त्यो त ‘बीमा नीति’ जस्तो हो जसका कारण यूकेले इयूबाट यो महिनाको अन्त्यतिर कुनै सहमति बिना बाहिर ननिस्कोस भन्ने निश्चित गर्छ । उनले बीबीसीको रेडियो ४ लाई अन्तर्वार्ता दिँदै भने ‘आज नै अन्तिम मतदान हुन सक्दैन किनभने प्याकेजमा के सहमति भयो भन्ने हामीलाई थाहा छैन ।’ उनले आफूले ब्रेक्जिट रोक्न नचाहेको र नयाँ ऐनले यूके बाहिरिने कुरालाई केही हप्ताले मात्रै ढिला गराउने हुन सक्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *