सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै छैन : सिपी मैनाली

डिसी नेपाल
२ कार्तिक २०७६ १९:०२

काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दावी गरेका छन्।

महासचिव मैनालीले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ? भनि सरकारलाई प्रश्न पनि गरे।

शनिबार काठमाडौंमा ‘अम्बिका साँवा स्मृतिग्रन्थ’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले सरकारले ठूल्ठूला कुरा गरेपनि मुलुकलाई सही बाटोमा अघि बढाउन नसकेको आरोप लगाए।

पूर्व उपप्रधानमन्त्री समेत रहेका मैनालीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, मुलुकमा दीगो आर्थिक विकासको ठोस कदम अघि बढाउन नसकेकोभन्दै सरकारको चर्को आलोचना पनि गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *