स्काभेटर पल्टिँदा दुईजनाको अवस्था गम्भीर

डिसी नेपाल
३ कार्तिक २०७६ १६:१४

दैलेख। दैलेख जिल्लाको डुंगेश्वर गाउँपालिका वडा नं. २ को लाकुरीमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटना हुँदा तीनजना घाइते भएका छन भने दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

डुंगेश्वर गाउँपालिका वडा नं. २ को लाकुरीदेखि अतुरालि सडक सफा गर्ने क्रममा बा २ क ४३५६ नम्बरको स्काभेटर दुर्घटना भएको प्रहरी चौकी चुप्राका हवल्दार वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

दुर्घटनामा डुंगेस्वर गाउँपालिका वडा नं. २ का कमल विष्ट र बालक टीकाराम विष्ट घाइत भएका छन् । स्काभेटर चालक दुल्लु नगरपालिका वडा नं. १२ का पुरन शाही पनि घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवैलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । सामान्य घाइते चालक शाहीलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल लगिएको प्रहरिले जनकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *