उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न राजपाको परिपत्र

डिसी नेपाल
३ कार्तिक २०७६ १६:३४

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा)ले उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कार्य समितिलाई परिपत्र गरेको छ।
बढिमा सम्भावित ३ जनाको नाम सिफारिस गर्न राजपाले आइतबार जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेको हो।

यही कात्तिक १३ गतेसम्म केन्द्रीय समितिमा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न राजपा संयोजक महन्थ ठाकुरको हस्ताक्षरमा परिपत्र गरिएको छ।

आगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।

एक प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष १ गाउँपालिका उपाध्यक्ष र ४८ वडा अध्यक्षहरुका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

२०७४ मा भएको निर्वाचनमा विजयी भएका जनप्रनिधिहरुका पद रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो। जनप्रतिनिधिहरुको निधन र अन्य कारणले पद रिक्त भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *