महरालाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

डिसी नेपाल
३ कार्तिक २०७६ १८:५५

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो।

गत असोज १९ गते यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका महरालाई यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो।

महराले यसअघि स्वास्थ्यमा समस्या भन्दै बयान दिन मानेका थिएनन्। आइतबार महरा बयान दिन तयार भएपछि प्रहरीले बयान लिन शुरु गरेको हो।

असोज २३ गतेदेखि महरा राजधानीको नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्। स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई त्यहाँ उपचार गराइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *