क्यानले बनायो विभिन्न ४ समिति, पारसबारे भने निर्णय भएन
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ । क्यानको आइतबार काठमाडौंको मूलपानीस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकले क्यानको भावी योजनाहरु तय गर्न प्रतियोगिता समिति, प्राविधिक समिति, मिडिया समिति र आर्थिक समिति गठन गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए
प्राविधिक समितिको संयोजकमा सञ्जयराज सिंह, आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष रोशनबहादुर सिंह, प्रतियोगिता समितिको संयोजकमा प्रशान्त मल्ल र संचार समितिको संयोजकमा सचिब अशोकनाथ प्याकुरेल तोकिएका छन्। क्यानमा भावी योजना तय गर्न ती समितिहरुलाई जिम्मेवारी पनि दिइएको क्यानका सचिब प्याकुरेलले जानकारी दिए।
यस्तै क्यानले खाता सञ्चालका लागि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्ने पनि निर्णय गरेको छ। यस्तै आईसीसीसँग पनि सो विषयमा पत्राचार गर्ने निर्णय गरेको सचिब प्याकुरेलले जानकारी दिए।
बैठकले कप्तान पारस खड्काले दिएको राजीनामाको विषयमा भने कुनै निर्णय गरेन । खड्काको औपचारिक राजीनामा नआएकाले कुनै निर्णय नभएको सचिब प्याकुरेलले जानकारी दिए। कप्तान खड्काले सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए भने क्यान अध्यक्ष चतुरबहादुर चन्दले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Good web site! I really love how it is easy on my eyes and the data are well
written. I am wondering how I might be notified
when a new post has been made. I have subscribed to your RSS feed which
must do the trick! Have a nice day!