मंगलबार विहानै भूकम्पको धक्का महशुस

डिसी नेपाल
५ कार्तिक २०७६ ९:४५

नयाँ दिल्ली। भारतको निकोबार द्वीप समूहमा मंगलबार विहानै भूकम्पको धक्का महशुस गरिएको छ। भारतीय संचारमाध्यमका अनुसार मंगलबार विहान करिव साढे ६ बजे ४ दशमवल ३ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको झक्का महशुस भएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए। यद्यपी भूकम्पका कारण जनधनको क्षति भएको विवरण प्राप्त नभएको संचारमाध्यमले जनाएका छन्।

यसअघि १३ अक्टोबरमा राजस्थानको बीकानेरमा आइतबार विहान साढे दश बजे भूकम्पको धक्का महशुस गरिएको थियो। उक्त भूकम्प ४ दशमलव ५ रेक्टरस्केलको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *