२४० महिलालाई बनाएका थिए यौन दासी, जनावरसँग सम्भोग गर्न बाध्य बनाए

डिसी नेपाल
५ कार्तिक २०७६ १४:५४

काठमाडौं। एक चर्चसँग सम्बन्धित युवा समूहका नेताले कम्तीमा २४० महिलाहरुलाई यौन दासी बनाएर राखेका थिए । आरोपीले कैयौं महिलाहरुलाई जन्जान व्यत्तिःहरु तथा जनावरसँग समेत यौन सम्बन्ध बनाउन बाध्य बनाएका थिए । उत्तर पूर्वी ब्राजिलका रोनी स्केल्ब नामबा यी व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ । डेलीमेलको रिपोर्ट अनुसार रोनी व्यापारिक बजार प्रतिनिधिको रुपमा काम गर्थे । साथमा मुरिए नामको चर्चमा स्वयंसेवकको रुपमा पनि काम गर्थे ।

मिनेसगेरेस पुलिका अनुसार आरोपीले ४ वर्षसम्म ११ राज्यहरुमा यी महिलाको शोषण गरेका थिए । प्रमुख जाँचकर्ताका अनुसार ३२ वर्षका यी आरोपीले सामाजिक संजालमा कैयौं फेक प्रोफाइल बनाएका थिए । यिनै प्रोफाइलको माध्यमबाट उनी यी महिलाको सम्पर्कमा आए । आरोपीले महिलाहरुलाई नग्न तस्वीर र भिडियोको लागि ९७० डलरदेखि २४०० डलरसम्म दिने अफर गर्थे । तर नग्न तस्वीर हासिल गरेपछि उनी महिलाहरुलाई बैंक ट्रान्सफरको नक्कली रसिद पठाउँथे ।

त्यसपछि महिलाहरुलाई ब्ल्याकमेल गर्थे र साथी, आफन्तहरुलाई नग्न तस्वीर पठाइदिने धम्की दिन्थे । पीडित महिलाहरुलाई धम्क्याएपछि उनीहरुलाई अरु तस्वीर र भिडियो पठाउन भन्थे । एक पीडित महिलाका अनुसार उनीसँग १ दिनमा २० पटकसम्म यस्ता तस्वीर मागिएको थियो । कैयौं महिलाहरुलाई भेट्न बोलाएर आरोपीले बलात्कार समेत गरे । केही महिलाहरुलाई अन्जान मानिसहरु र जनावरसँग समेत सम्भोग गर्न बाध्य पारे ।

कैयौं महिलाहरुलाई उनले सम्झौतामा हस्ताक्षर गर्न पनि बाध्य पारेका थिए । यी म्झौतामा यस्तो लेखिएको हुन्थ्यो कि महिलाहरु उनीहरुलाई आफूसँग जे पनि गर्न अनुमति दिन्छन् । ‘फिफ्टी शेड्स अफ ग्रे’ फिल्ममा जस्तै सम्झौतामा यो समेत लेखिएको हुन्थ्यो कि ऊ खुसीको लागि महिलाहरुलाई जति जोडले मन लाग्छ कुटपिट गर्न पाउँछ । रोनीलाई ११ अक्टोबरमा बेलो होरिजान्तेस्थित घरबाट गिरफ्तार गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *